प्रधानमन्त्रीले बोलाएको संसदीय दल बैठकमा नेपाल समुहका नेता उपस्थित हुने


न्युज अफ नेपाल काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा माधवकुमार नेपाल पक्षका सांसदहरू पनि उपस्थित हुने भएका छन्। संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

नेपाल पक्षका एक सांसदले अध्यक्ष ओलीले बोलाएको संसदीय दलको बैठकमा उपस्थित हुने बताए। अध्यक्षले बोलाएको बैठकमा सहभागी हुनु सामान्य विषय भएको बताए । ओलीले बोलाएको संसदीय दलको बैठकअघि नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई सहभागी हुनेछन् ।बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।