होलीमा खसीको मासु १ हजारभन्दा बढी मुल्यमा बेच्नेलाई प्रहरीले कारवाही गर्ने


न्युज अफ नेपाल ,काठमाडौं ।

फागु पूर्णिमा अर्थात होलीमा कालोबजारी र मूल्यवृद्धि गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ । होली नजिकिंदै जाँदा पर्सामा हुनसक्ने सम्भावित मूल्यवृद्धिलाई मध्यनजर गर्दै पर्सा प्रहरीले यस्तो निर्णय गरेको हो । होलीको समयमा प्रत्येक वर्ष खसी र कुखुराको मासुलगायत अन्य पेय पदार्थको मूल्यवृद्धि हुनेगरेको छ ।

पर्वको नाममा यहाँका व्यपारीहरुले ग्रहाकलाई ठग्ने गरेको गुनासो आएपछि प्रहरीले मूल्यवृद्धि र कालोबजारी गर्नेमाथि कडा कारवाही गर्ने निर्णय गरेको पर्साका प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डले बताए ।उनले खसीको मासु एक हजार रुपैयाँ प्रति किलोभन्दा बढीमुल्यमा बेच्न नमिल्ने बताएका छन् । ‘होलीमा सबैभन्दा धेरै खसीको मासु र पेय पदार्थको मूल्यवृद्धि हुनेगरेको छ । एसपी पाण्डेले भने, ‘त्यसैले खसीको मासुको मूल्य एक हजार रुपैयाँ प्रति किलो तोकेका छौँ । त्योभन्दा बढीमा बेच्नेलाई कारवाही गर्ने छौँ । त्यसैगरी पेय पदार्थको उल्लेखित मूल्यभन्दा बढीमा विक्री गरेको पाइएको खण्डमा पनि हामीले कारवाही गर्ने छौँ ।’

जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार आयोजित होली मिलन कार्यक्रममा तथा राष्ट्रिय स्तरका सञ्चारकर्मीहरुसँग छलफल कार्यक्रममा बोल्दै एसपी पाण्डेले सिमानाका नजिक रहेका मदिर बेच्ने पसलहरु पनि होलीको समयमा बन्द गरिने बताए ।प्रहरीले होलीमा सार्वजनिक स्थलमा कार्यक्रम नगर्न, भीडभाड नगर्न र २५ जनाभन्दा बढी एक ठाउँमा जम्मा नहुन आग्रहसमेत गरेको छ ।