प्रधानमन्त्रीले पनि बोलाए संसदीय दलको बैठक


न्युज अफ नेपाल , काठमाडौ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने विषयमा छलफल हुने बुझिएको छ ।

यसअघि नेपालले बालुवाटारमा बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने बताउँदै आएपनि आजको बैठकमा नेपाल–खनाल पक्षका सांसद उपस्थित हुने वा नहुने बिषयमा भने टुङ्गो लागेको छैन।