बिना कसुर भारतमा ४० वर्ष जेल जीवन बिताएका दुर्गाप्रसादले पाए नागरिकता

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

भारतीय जेलमा ४० वर्ष बिताएका दुर्गाप्रसाद तिमल्सिनाले अन्ततः नेपाली नागरिकता पाएका छन् ।

कुनै कसुर बिना नै भारतीय जेलमा आधा जीवन बिताएका दुर्गाप्रसादलाई जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता दिएको हो । नागरिकताका लागि निवेदन दर्ता भएको २० मिनेटमै दुर्गाप्रसादले नागरिकता पाएका हुन् ।

१९ वर्षको उमेरमै कुनै कसुर बिना नै भारतको कोलकात्तास्थित दमदम सेन्ट्रल जेल परेका उनी दशकौंपछि रिहा भएर चैत ८ मा इलामस्थित आफ्नो घर आइपुगेको थिए । कुनै अभियोग बिना नै दशकौ लामो जेल जीवन बिताएका उनलाई कोलकातास्थित उच्च अदालतले क्षतिपूर्ति दिन भारतीय सरकारलाई आदेश दिइसकेको छ । दुर्गाप्रसादले नेपाली नागरिकता लिएसँगै अब भारतीय पक्षसँग कानुनी रुपमा लड्न पनि बाटो खुलेको छ ।