माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


न्युज अफ नेपाल , काठमाडौं ।

आज नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को स्थायी कमिटी बैठक बस्दै छ । आज बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने र नलिने र सत्ता साझेदारीको विषयमा छलफल हुनेछ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको गठबन्धनका विषयमा पनि बैठकमा छलफल हुने एक सदस्यले बताएका छन् ।स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीका आउँदो कार्ययोजना लगायतबारे पनि छलफल हुने बताइएको छ ।