लायन्स पिस टाउनमा शोभा पौडेल र्निवाचित


कास्की ।

लायन्स क्लब अफ पोखरा पिस टाउनको लायन वर्ष २०२१/२०२२ को अध्यक्षमा शोभा पौडेल अधिकारी सर्वसम्मत र्निवाचित हुनुभएको छ । सोमवार सम्पन्न क्लबको निर्वाचनमा प्रथम उपाध्यक्षमा सीता तिमिल्सिना सुबेदी, द्वितीय उपाध्यक्षमा शोभा आचार्य, तृतीय उपाध्यक्षमा सृजना बराल अधिकारी, सचिवमा कान्ती पौडेल अधिकारी, क्लब एडमिनिस्ट्रेटरमा क्लबका पूर्व अध्यक्ष उषा क्षेत्री, कोषाध्यक्षमा हिममाया भण्डारी, सहसचिवमा केसी माया नेपाली र सहकोषाध्यक्षमा मिना पौडेल चयन हुनुभएको छ।

यसै गरी मेम्बरशिप चियरपर्सनमा बबिता गुरुङ, एलसिआइफ कोर्डिनेटरमा क्लबका पूर्व अध्यक्ष सबिता बराल, क्लबसर्भिस चेयरपर्सनमा पूर्व अध्यक्ष सीता कोईराला, क्लब कम्यूनिकेशन मार्के्टिंग चेयरपर्सनमा निवर्तमान अध्यक्ष सरला तिमिल्सिना, साथै निर्देशकहरुमा प्रिया थापा, इन्दु पहारी, लक्ष्मी पोखरेल, लक्ष्मी रोका, माया तिवारी लगाएतका निर्वा्चित हुनुभएको निर्वाचन संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष गीता कार्कीले जानकारी दिनुभयो।नव निर्वा्चित अध्यक्ष लगाएत सम्पूर्ण टिमलाई कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्टका सिनियर एडभाईजर सुदीपराज ढुंगाना, क्लबका गाईडिंग लायन्स एवं डिष्ट्रिक्ट एडभाईजर टंकराज अधिकारी, क्लबका रिजन चेयरपर्सन अमृत प्रसाद तिवारी, क्लबका अध्यक्ष सरला तिमिल्सिना निर्वाचन संयोजक गीता कार्की लगाएतले अबिर र माला लगाइदिनु भएको थियो ।

क्लबका निवर्तमान अध्यक्ष गीता कार्की संयोजक रहेको निर्वाचन समितिमा पूर्व अध्यक्ष सबिता बराल र सीता कोईराला सदस्य रहनुभएको थियो ।नव निर्वा्चित अध्यक्ष शोभा पौडेल अधिकारीले बिगतका बर्षहरूमा जस्तै लायन बर्ष २०२१/२२ मा पनि क्लबका साथीहरूको सहयोग र सपोर्टको लागि अनुरोध गर्दै क्लबले नियमित रुपमा गरेका कार्यहरुलाई आगामी दिनमा निरन्तरता दिने बताउनुभयो ।क्लबका अध्यक्ष सरला तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्टका सिनियर एडभाईजर सुदीपराज ढुंगाना, क्लबका गाईडिंग लायन्स एवं डिष्ट्रिक्ट एडभाईजर टंकराज अधिकारी, पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट एओजी उषा क्षेत्री, पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट पिआरओ सबिता बराल, पूर्व अध्यक्ष सीता कोईराला, क्लबका रिजन चेयरपर्सन अमृत प्रसाद तिवारी, निर्वाचन संयोजक गीता कार्की, सचिव सृजना बराल अधिकारी लगाएतले आआफ़ना भनाई राख्नु भएको थियो ।