न्युज अफ नेपाल काठमाडौं ।
यस वर्षको होली पर्व सुरु भएको छ । हनुमानढोका वसन्तपुरमा बिहान ८ बजेपछि चीर ठड्याएसँगै यस वर्षको होली पर्व सुरु भएको हो । हरेक वर्ष फागुन शुक्ल अष्टमीका दिन विभिन्न रङ्गका ध्वजापतकासहित सजाइएको बाँसको चीर ठड्याएपछि होली सुरु हुन्छ ।
चीर ठड्याइएसँगै स्थानीयहरू हर्ष बढाइँका साथ अबिर दलेर होली मनाउँछन् । तीन तले चीरलाई फागुनशुक्ल पूर्णिमाको राति टुँडिखेलमा लगेर जलाएपछि होली पर्व सकिएको मानिन्छ ।
प्रतिक्रिया