पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना


काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशभरका पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।हाल हाल देशका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ।

आज अपराह्नपछि पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार र मंगलबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

चैत्र ८ गते (आईतबार)

दिउँसो : देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र ९ गते (सोमबार)

दिउँसो : सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

चैत्र १० गते (मंगलबार)

दिउँसो :देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही देशको बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।