दक्षिणकालीमा दुई पुरुषको शव फेला


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई पुरुषको शव मृतअवस्थामा फेला परेको छ।

शुक्रबार दिउँसो दुई पुरुषको शव भेटिएको खबरपछि अहिले प्रहरी त्यसतर्फ पस्थान गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रमेश कुमार बस्नेतले दुई पुरुषको शव भेटिएको खबर आएपछि आफूहरु अहिले घटनास्थल जाँदै गरेको बताएका छन् ।

‘अबको केही बेरमै हामीहरु घटनास्थल पुग्छौँ, अन्दाजी २५-२६ वर्षका दुई पुरुषको शव भेटिएको खबर आएको छ’, एसपी बस्नेतले बताएका छन् ।