नेकपा एमाले नेपाल- खनाल समूहको महिला भेला


न्युज अफ नेपाल ,काठमाडौं ।

नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनालसमूहको अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ । कालीमाटी ब्यांक्वेटमा ११ बजे सुरु हुने भेलालाई वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालले सम्बोधन गर्दैछन् । पार्टीभित्र विकसित घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको अखिल नेपाल महिला संघले जनाएको छ ।

यसअघि नेपाल–खनाल समूहले आफू पक्षीय कार्यकर्ताको दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढेको आरोप लगाउँदै उक्त समूहले समानान्तर गतिविधिसमेत अगाडि बढाइरहेको छ । चैत १० गते विद्यार्थीको राष्ट्रिय भेला बोलाएको यो समूहले अन्य जनसंगठनलाई पनि समानान्तर गतिविधि गर्न निर्देशन दिइएको छ ।