घूस लिएको आरोपमा अधिकृत पक्राउ


काठमाडौं, (नेस) ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस लिएको आरोपमा मालपोत कार्यालय, कन्चनपुरका शाखा अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको छ । उहाँलाई सेवाग्राहीबाट २४ हजार रुपियाँ घूस लिएको आरोपमा पक्राउ गरिएको हो ।

जग्गाको कित्ताकाट गर्ने सम्बन्धमा सहजीकरण गरिदिएवापत जोशीले सेवाग्राहीबाट घुस लिने क्रममा एक खाजा घरबाट पक्राउ गरिएको हो । आयोगले घुस प्रकरणबारे थप अनुसन्धान भइरहेको बताउँदै जोशीलाई काठमाडौं ल्याउने तयारी भैरहेको जानकारी दिएको छ ।