बालुवाटार बैठकमा सहभागि हुन हिँडेका नेपाल-खनाल समूहका सांसद बीच बाटोबाटै फर्किए

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका नेपाल खनाल समूहका सांसदहरू बालुवाटार बैठकमा नजाने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको संसदीय दलको बैठकमा नेपाल खनाल समूहका सांसदहरु उपस्थित नहुने भएका छन् ।

बालुवाटार बैठक अघि नेपाल खनाल समूहले छलफल गर्दै संसदीय दलको बैठकमा नजाने निर्णय गरेको थियो । पहिले बैठकमा सहभागी हुने निर्णय भएपछि सानेपाबाट हिँडिसकेका सांसद समेत फेरि सहभागि नहुने निर्णय भएपछि बाटोबाटै फर्किएका थिए ।

छुट्टै राष्ट्रिय भेला भइरहेकाले पार्टी अध्यक्ष ओलीले बोलाएको बैठकमा जान उचित नहुने निष्कर्षसहित बालुवाटार हिँडिसकेका सांसदहरु फर्किएका हुन् ।