प्रधानमन्त्रीले बोलाए एमाले संसदीय दलको बैठक


न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा बोलाइएको मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए। तर माधव नेपाल–झलनाथ खनाल पक्षका सांसद बैठकमा सहभागी हुने सम्भावना कम छ। अध्यक्ष ओलीकैविरुद्ध नेपाल–खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला हिजो (बुधबाररु) देखि ललितपुरमा जारी छ।

व्यस्तताका कारण उपस्थित हुन नसक्ने नेपाल खनाल पक्षले जनाएको छ। आजको बैठकमा नजाने भएपनि आगामी बैठकमा भने सहभागी हुने यो समूहले जनाएको छ। नेपाल खनाल पक्षको भेला आज बेलुकी पाँच बजेसम्म चल्नेछ ।