खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि ११ गतेसम्म दिइने

0
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा आगामी वैशााख ७ देखि ११ गतेसम्म प्रदान गरिने भएको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम९आइसिएस०को बैठकले गत माघ १४ गतेदेखि फागुन १० गतेसम्म खोप लगाएका लागि वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्रा दिने भएको हो । पहिलो चरणमा चार लाख २९ हजारले खोप लगाएका थिए ।

मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले दोस्रो चरण गत फागुन २३ गतेदेखि यही चैत ३ गतेसम्म खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने सूचनापछि प्रकाशन गरिने जानकारी दिनुभयो । दोस्रो चरणअन्तर्गत ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिएको थियो ।

यस्तै दोस्रो प्राथमिकतामा परेका ५५ वर्षदेखि ६४ वर्षसम्मका नागरिकलाई खोपको पहिलो मात्रा दिनेबारे पछि सूचना जारी गरिने भएको छ । मन्त्रालयले दैनिक गर्दै आएको पत्रकार सम्मेलन भोलिबाट हप्ताको दुई दिन आइतबार र बुधबार मात्र सञ्चालन गरिने उहाँको जानकारी दिनुभयो । भारत सरकारले उपहारस्वरुप प्रदान गरेको पहिलो खेपको बाँकी मौज्दातसहित सम्पूर्ण खोपको मात्राको मौज्दात विवरण दुई दिनभित्र केन्द्रमा पठाउन पनि निर्देशन दिने निर्णय गरेको उहाँले बताउनुभयो ।