एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला शुरु


न्युज अफ नेपाल काठमाडौं ।

नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला शुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।