न्युज अफ नेपाल, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता वर्षमान पुनले सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री ओलीले पदमा रहने नैतिक अधिकार गुमाइसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् ।
त्यस्तै, एमालेमा लागेका पूर्वमाओवादीसँग वार्ताका लागि बैठकले तीन सदस्यीय कार्यदल बनाएको छ । सो कार्यदलमा नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गरूङ रहेका छन् ।
बैठकमा सरकारलाई दिएको समर्थनबारे भने ठोस छलफल नभएको बताउँदै पुनले भने, ‘फैसलापछि आज हाम्रो पहिलो बैठक हो। यसबारे फेरि छलफल गर्छौंं’ ।











प्रतिक्रिया