सफलतापूर्वक सम्पन्न भयो दोस्रो चरणको खोप अभियान, १४ हजार ८०१ जेष्ठ नागरिक सहभागि

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

नेपाल सकारले दोश्रो चरणमा शुरु गरेको कोभिड-१९ विरुद्धको खोप अभियानमा जेष्ठ नागरिकहरुको उत्साहपूर्ण सहभागिताका कारण जिल्लामा ६५ वर्ष भन्दा माथि उमेर समुहका १४ हजार ८ सय १ जनाले खोप लगाएका छन् ।

पहिलो चरणमा जिल्लामा ६ हजार ७ सय ९९ जनाले खोप लगाएका थिए । अब जिल्लामा खोप लगाउनेहरुको संख्या २१ हजार ६ सय ब्यक्तिहरुले खोप लगाई सकेका छन् । जिल्लामा सबै भन्दा धेरै खोप बनेपा नगरपालिकामा लगाईएको छ । बनेपा नगरपालिकामा १ हजार ९ सय ९६ जनाले खोप लगाएका छन् ।

जसमा १ हजार १८ महिला थिए भने ९ सय ७८ पुरुष रहेका छन् । बनेपा नगरपालिकाको योजना ३ हजार ७ सय ५२ नागरिकलाई खोप लगाउने थियो । ६५ वर्ष भन्दा माथिका नागरिकहरुले जिल्लामा ७ हजार ४ सय ८३ महिला र ७ हजार ३ सय १८ पुरुषले खोप लगाएका छन् । धुलिखेल नगरपालिकामा १ हजार २ सय ३१, पनौती नगरपालिकामा १ हजार ८ सय ३४, पाँचखाल नगरपालिकामा १ हजार ४ सय २९, नमोबुद्ध नगरपालिकामा १ हजार ५ सय ११, मण्डनदेउपुर नगरपालिकामा १ हजार ३ सय १९ जनाले खोप लगाएका छन् । त्यस्तै भुम्लु गाउँपालिकामा ८ सय ५१, रोशी गाउँपालिकामा ५ सय ३९, बेथान्चोक गाउँपालिकामा ६ सय ८०, तेमाल गाउँपालिकामा १ हजार ६८, महाभारत गाउँपालिकामा ७ सय १०, खानीखोला गाउँपालिकामा ४ सय ३५ र चौरीदेउराली गाउँपालिकामा १ हजार १ सय ९८ जनाले खोप लगाएका छन् ।

फागुन २३ गते आईतबार देखि शुरु भएको खोपमा उत्साहपूर्ण सहभागिता रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । १३ वटा पालिकामा १ सय १४ वटा खोप केन्द्र मार्फत २५ हजार ४ सय ७५ जना लक्षित समुहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने योजना बनाईएको थियो । खोप कार्यकर्ताहरुलाई तालिम, स्थानीय सरकारका प्रतिनिधिहरुलाई अभिमुखिकरण, संचारकर्मीहरुलाई जानकारी र खोप लगाए पछि हुन सक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न सुरक्षा उपाय अपनाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो । खोप लगाए पछि सामान्य ज्वरो र केहि लक्षण बाहेक अन्य कुनै समस्या नभएको डा. झाले बताउनु भयो ।

जिल्लामा ६५ वर्ष भन्दा माथी उमेर समुहका जेष्ठ नागरिकहरुको संख्या बनेपामा सबै भन्दा धेरै थिए । बनेपा नगरपालिकामा ३ हजार ७ सय ५२, धुलिखेल नगरपालिकामा २ हजार २ सय ९४, पनौती नगरपालिकामा ३ हजार १ सय २२, पाँचखाल नगरपालिकामा २ हजार ६ सय ३८, मण्डनदेउपुर नगरपालिकामा २ हजार १ सय ५७, भुम्लु गाउँपालिकामा १ हजार २ हजार ८७, रोशी गाउँपालिकामा १ हजार ८ सय ९९ रहेका छन् ।

त्यस्तै बेथान्चोक गाउँपालिकामा १ हजार १ सय ६४, तेमाल गाउँपालिकामा १ हजार ४ सय ९७, महाभारत गाउँपालिकामा १ हजार २ हजार ६१, खानीखोला गाउँपालिकाका १ हजार २४ र चौरीदेउराली गाउँपालिकामा १ हजार ३ सय ९० जना लक्षित समुहका नागरिकहरुलाई खोप लगाउने तयारी गरिएको छ । फागुन २३ गते देखि चैत्र १ गतेसम्म खोप लगाईसक्ने गरी कार्यकतालिका तयार गरिएको छ ।

खोप लगाईसकेपछि त्यसको असर हुन नदिन वा केहि भईहालेमा तयारी अवस्थामा प्रत्येक केन्द्रमा मेडिकल डाक्टर सहितको टिम र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । खोप अभियानका लागि २ सय १० जना खोप दिने स्वास्थ्यकर्मी परिचालन भएका थिए भने ६ सय ३० जना स्वयंसेवक रहेका छन् । पालिकाहरुले हरेक दिन फरक फरक स्थानको स्वास्थ्य चौकीमा खोप लगाउने गरी तालिका तयार गरी अभियानमा साथ दिएका थिए ।

सफलतापुर्वक दोश्रो चरणको खोप अभियान सफल भएसँगै तेश्रो चरणका लागि तयारी शुरु गरिएको छ । जिल्लामा कोभिडका कारण जिल्लाका नागरिक ४५ जना र अन्य गरी ६२ जनाको निधन भएको छ । कोरोना संक्रमण हुनेको संख्या अझै थपिएको छ । हाल संक्रमितको संख्या १७ रहेको छ । हालसम्म जिल्लामा ३ हजार ३ सय ७० जना ब्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।