राष्ट्रपतिको आह्वानमा सर्वदलीय बैठक बस्दै


न्युज अफ नेपाल ,काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । मंगलबार दिउँसो ४ बजे बैठक बोलाइएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

देशमा राजनीतिक विवाद बढ्दै गएपछि छलफलका लागि राष्ट्रपतिले संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई हिजै (सोमबार) पत्र पठाएर आज सर्वदलीय बैठकमा आउन आग्रह गरेकी हुन्। संसद पुनर्स्थापनालगत्तै सर्वोच्चले एमाले र माओवादी केन्द्र पनि ब्युँताइदिएपछि सरकार र संसदमा असहज परिस्थिति सिर्जना भएको छ ।आगामी राजनीतिक परिस्थिति र संकटको निकासबारे छलफल गर्न राष्ट्रपति भण्डारीले नेताहरुलाई बोलाएको बुझिएको छ ।