नेपाल समूहको निर्णय : राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, ओलीको चियापानमा नजाने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बानेश्वरमा आफ्ना पक्षलाई जानकारी गराएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि खनाल नेपाल पक्षले बानेश्वरस्थित अर्याल होटेलमा आफ्ना पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले ओलीद्वारा अयोजित चियापान कार्यक्रममा नजाने निर्णय गरेको छ ।

धुम्बाराहीबाट फर्किएपछि बानेश्वरमा बसेको​ खनाल नेपाल समूहको केन्द्रीय सदस्य तथा सांसदहरुको बैठकले समूहका नेता कार्यकर्तालाई उक्त चियापानमा नजान समेत निर्देशन दिएको हो । खनाल नेपाल समूहले शनिबार चैत ४ र ५ गते तय गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई पनि नरोक्ने बताएको छ । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने खनाल नेपाल पक्षले बताएको हो ।