एमालेका दुई समूहबीचको बैठक : २८ गतेको एकलौटी निर्णय खारेज गर्न नेपाल समूहको अडान

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दुई समूहबीच बसेको बैठक सकिएको छ । पार्टी कार्यालय धुम्बाराहिमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपाल समूहबीच बसेको बैठकमा आन्तरिक एकताको विषयमा छलफल भएको रघुजी पन्तले बताएका छन् ।

बैठकमा नेपाल पक्षले गत २८ फागुनमा ओली पक्षले गरेको एकलौटी निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ । नेपाल पक्षको सो मागमा ओलीबाट ठोस जवाफ नआएको पन्तले बताएका छन् । सर्वोच्च अदालतले पूर्व एमाले ब्युझाँएसँगै दुई समूहबीचको यो पहिलो बैठक हो ।

बैठकमा ओली समूहबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली उपस्थित थिए भने नेपाल समूहबाट, नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण विष्ट सहभागी थिए ।