धुम्बाराहीमा ओली र नेपालबीच छलफल सुरु

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको दुई समूहबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल शुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपाल समूहबीच छलफल चलिरहेको छ ।

सो छलफलमा ओली समूहबाट ओलीसहित ईश्वर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवाली उपस्थित छन् धने नेपाल समूहबाट, नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण विष्ट सहभागी छन् ।

सर्वोच्चको फैसलाले पूर्व एमाले ब्यूँझीएपछिको दुई समूहबीच बसेको यो पहिलो बैठक हो । ओलीले आफ्नो समूहको बैठक राख्दै महासचिव बाहेकका पदाधिकारीको जिम्मेवारी खोसेपछि माधव नेपाल र झलनाथ खानल समूहले समानान्तर समिति गठन गरेको छ ।