सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक अज दिउँसो २ बजे बस्ने बताइएको छ । मंगलबार बस्ने प्रतिनिधि सभाको बैठकको आवश्यक छलफलका लागि आजको बैठकमा बोलाइएको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम १३ मा कार्यव्यवस्था परामर्श समितिको व्यवस्था गरिएको छ। जसमा बैठकमा पेश हुने विषयहरुको प्राथमिकता र समयावधि निर्धारण लगायतका विषयमा छलफलका लागि पराशर्म समितिको बैठक बोलाइने जनाइएको छ ।