लहान बम बिस्फोटका गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मालपोत कार्यालय लहान शाखामा भएको बम बिस्फोटमा परी घाइते भएका धनगडी नगरपालिका–४ का ३० वर्षीय दिनेश भण्डारीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । घाइते भण्डारीको थप उपचारको लागि काठमाण्डौ ल्याइएको हो । अन्य सात जनाको उपचार भने लहानस्थित रामकुमार उमा प्रसाद स्मारक अस्पताल र सप्तऋषि अस्पतालमा भइरहेको जिल्ला प्रहरी
कार्यालय लहानले जनाएको छ ।

कार्यालयमा आइतबार दिउँसो एक बजेको समयमा सैवाग्राहीको चाप रहेको समयमा विष्फोट भएको कुकर बममा मोबाइलबाट समय मिलाएर विष्फोट गराएको थियो । यस्तै बम विष्फोटका कारण कार्यालय भवनको दोश्रो ताला चर्किएको छ । जनतान्त्रिक मुक्ति मोर्चाको दोश्रो तहको नेता राम विलास यादवले आइतवार १० बजे जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मसम्पर्ण गरेकै दिन लहानमा विष्फोट हुनुले मोर्चाले आक्रोस पोखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

विष्फोटबाट मालपोत कार्यालय लहानका नायव सुब्बा शिव कुमार यादव, गोलबजार नगरपालिका–६ लक्ष्मी राना मगर,बेचनी मगर,गोलबजार–४ फूल कुमारी ठाकुर, लहान–१६ का लालबाबु विक,धनगडीमाई नगरपालिका –१३ का भोलाबहादुर मगर घाइते भएका छन् ।