हिमाल जिसी, काठमाडौँ ।
सामाजिक सञ्जाललाई तपाईले कसरी प्रयोग गर्नु हुन्छ सोही अनुरुप परिणाम पनि आउँछ यो सबैलाई थाहा भएकै कुरा हो । तपाइँलाई अचम्म लाग्न सक्छ कि सामाजिक सञ्जालले जोडेका पत्रकारहरूको प्रथम भेला तथा वनभोज कार्यक्रम सम्पन्न भयो कसरी ? शनिवार यस्तै घटनाले मूर्तरुप लियो र प्रथम भेला तथा वनभोज कार्यक्रम सभ्य र भव्य रुपमा स्याङ्जा पत्रकार समाजका नामले मनाए बालाजु पार्कमा स्याङ्जा जिल्लाबासी पत्रकारहरूले ।
भूपराज बस्याल र अर्जुन खनालको सक्रियतामा सामाजिक सञ्जाल फेसबुकमार्फत् गु्रप बनाएर कार्य गर्दै जाँदा यसले मूर्तरुप लिएर पत्रकारहरूको प्रथम भेला र वनभोज कार्यक्रम सम्पन्न भएको थियो । पहिले त मोफसलमा उपलब्ध स्याङ्जाका पत्रकारहरू भेला भए अनि एउटा समिति बनाए । त्यही समितिले हिजो देशका विभिन्न ठाउँमा छरिएर रहेका स्याङ्जा जिल्लाका सक्रिय पत्रकारहरूलाई एकै ठाउँमा उपस्थित गराएर प्रथम भेला तथा वनभोज कार्य सम्पन्न गरेका थिए । वर्तमान समयको व्यस्तता बिच पनि यो कार्य सम्पन्न गर्न कम चुनौतिपूर्ण थिएन ।
पत्रकारहरूलाई समयको महत्व त थाहा हुने नै भयो त्यसैले ठिक समयमा उपस्थित भए अनि सभ्य रुपमा निश्चित समयमा नै कार्यक्रम सम्पन्न गरे । वालाजु पार्कमा शनिवार हुने कार्यक्रम मध्ये यो कार्यक्रम अलि भिन्न थियो । वालाजु पार्कमा भएका तलमाथि वरपरिका अन्य कार्यक्रमहरूमा बजाइएका संगीतका ठूला ठूला आवाजहरूको असरलाई प्रवाह नगरी एउटा उद्देश्यका लागि यो कार्यक्रम आयोजना गरिएको थियो । तर पत्रकारहरूको उक्त कार्यक्रमले कसैलाई असर गरेन । बरु अन्य कार्यक्रमका ध्वनि प्रदूषणलाई पनि कुनै हस्तक्षेप नगरी आफ्नो कार्यक्रम सम्पन्न गरे । कार्यक्रममा उपस्थित पत्रकारहरूलाई पत्रकार भूपराज बस्यालले स्वागत मन्तव्य व्यक्त गरेर स्वागत गर्नु भयोे भने कार्यक्रम औपचारिक रुपमा नै सम्पन्न भएको थियो ।
कार्यक्रमका वक्ताहरूले संस्थामा राजनीति गर्नु हुँदैन । राजनीति गर्नलाई त राजनीतिक दलहरू छँदैछन् । हामीले पत्रकारहरूको हक हित, वृत्ति विकास र समग्रमा स्याङ्जा जिल्लाको विकास कसरी हुन्छ यही विषयमा जोड दिनु पर्छ भन्दै संस्थालाई राजनीतिको थलोको रुपमा प्रयोग नगर्ने अनुरोध गरिरहेका थियो । सोही विषयको प्रतिउत्तर दिँदै “राजनीति गर्नु हुन्न भन्नु पनि एक किसिमको राजनीति नै हो ।” वरिष्ठ पत्रकार नारायण शर्मा बस्यालले भन्नुभयो । “म पर्वतको दक्षिण पश्चिम, स्याङ्जाको बालिङ्सँग बढी नजिक भएको मान्छे हुँ । स्याङ्जाको बालिङमा बसेर पत्रकारिता गर्दछु । स्याङ्जाले विगत ३१ वर्षदेखि केन्द्रिय राजनीतिमा नेतृत्व गर्ने मन्त्रीहरू पाएको छ, देशको उच्च प्रशासनिक क्षेत्रमा स्याङ्जा जिल्लाका नागरिकहरू नै बढी छन् पवर्तको जति पनि स्याङ्जाको विकास किन हुन सकेन । अब यसको उत्तर खोज्नु पर्छ । स्याङ्जाको विकास भएमा पर्वतको पनि विकास दु्रत गतिमा जानेछ भन्ने मेरो पनि स्वार्थ यसमा जोडिएको छ ।” पत्रकार निर्भिक नारायण भूर्तेले भन्नुभयो ।
उक्त भेलाको दोस्रो चरणमा छ महिनाभित्र विधान बनाएर कम्पनी रजिष्ट्रारमा दर्ता गर्ने लक्ष्यका साथ वरिष्ठ पत्रकार इन्द्र रिजालको संयोजकमा २५ सदस्यीय तदर्थ समिति चयन भयो । तदर्थ समिति अध्यक्षमा इन्द्र रिजाल, उपाध्यक्षमा अनिता बिन्दु, प्रकाश डुम्रे, श्रीराम पौडेल, संगिता खड्का, महासचिवमा अनिल गिरी, कोषाध्यक्षमा भूपराज बस्याल, सचिवमा राजेश शर्मा, र सदस्यहरूमा मोहम्मद अज्मत अलि, अर्जुन खनाल, सालिक सुवेदी, घनश्याम सिग्देल, श्री कृष्ण सुवेदी, साधना न्यौपाने, मोहन गुरुङ, गोबिन्द गिरी, दिलिपा श्री अधिकारी, बिमला भण्डारी, प्रतीक्षा काफ्ले, सरिता खनाल, अर्जुन काफ्ले, लक्ष्मण वियोगी, श्री कृष्ण सिग्देल, शिव डुम्रे, भरत कोइराला र टीका प्रधान रहनु भएको छ भने नारायण शर्मा, हरि प्रसाद लम्साल (काठमाडौ), बाल कृष्ण चापागाईं, शिव लम्साल, ओम प्रकाश शर्मा, हरि प्रसाद लम्साल (बुटवल) र अम्मर ढकाल रहेको सल्लाहकार समिति गठन गरी कार्यक्रम सम्पन्न गरिएको थियो ।











प्रतिक्रिया