बिहेको प्रलोभन देखाइ बलात्कार गर्ने दुई युवक प्रहरी फन्दामा

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।

विवाह गर्छु भनेर झुठो प्रलोभन दिइ बालिकाहरुलाइ बलात्कार गर्ने दुई जना युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । यस्तै २१ वर्षिया महिलालाइ बलात्कारको प्रयास गर्ने अर्का एक युवकलाइ पनि पर्सा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर ३१ का २२ वर्षिय अनिल कुशवाहा , पर्साकै सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर ५ बलुवाका १८ वर्षिय रोशन कुमार यादव र पटेर्वासुगौली गाँउपालिका वडा नम्बर ४ अकुवा टोलका १९ वर्षिय अविशेक दास थारु रहेका छन् ।

वीरगन्ज ३१ का २२ वर्षिय अनिल कुशवाहाले गाँउकै १९ वर्षिया बालिकासंग उनको उमेर २० वर्ष पुगेपछि विहे गर्छु भनि फागुन १६ गते टिकोटालो समेत गरेका थिए ।तर अर्कै युवती संग विहे गरेका अनिलले टिकोटालो गरेकी बालिकालाइ आफनै घर तथा गाँउको एकान्त स्थानमा बोलाएर पटक पटक जबरजस्ति करणी गरेको थाहा पाएपछि पिडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिल विरुद्ध उजुरी दिएका थिए । त्यहि उजुरीको आधारमा प्रहरीले अनिललाइ पक्राउ गरेको हो ।

अनिल विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको पर्साका प्रहरी नायव उपरिक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ बलुवाटोलका १८ वर्षिय रोशन कुमार यादवले १६ वर्षकी वालिकालाई विहे गर्छु भन्ने प्रलोभन दिइ फागुन ८ गते राति बालिकाकै घरमा गइ जबरजस्ति करणी गरेका थिए ।त्यसपछि फागुन १३ गते रोशनले बालिकालाइ लालाइ फकाइ घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले बालिकासंग पटक पटक जबरजस्ति करणी गरेका थिए ।

बलिका घरबाट बेपत्ता .भएपछि बालिकाका अभिभावकले खोज तलाश गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पिडित बालिकालाइ गोरखपुरबाट घर पठाइ दिएका थिए ।बलिका घरमा आएपछि आफुसंग भएको दुष्कर्मका बारेमा अभिभावकलाइ बताएपछि पिडित बालिकाका बुबाले रोशन विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए । त्यहि उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाइ उनकै घरबाट पक्राउ गरेको हो ।रोशन विरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।

पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ अकुवा टोलका १९ वर्षिय अविशेक दास थारुले फागुन २५ गते गहुखेतमा घाँस काटि रहेकी २१ व्र्षिया महिलालाइ गरि जबरजस्ति करणी गर्न खोजेका थिए । तर ती महिलाले प्रतिकार गरि हसियाले अविशेकलाइ प्रहार गर्न खोजेपछि उनि भागेका थिए ।त्यसपछि पिडित महिलाले फागुन २६ गते अविशेक विरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पिडित महिलाको उजुरीको आधारमा प्रहरीले आरोपित अविशेकलाइ उनको घरबाटै पक्राउ गरेको हो । उनि विरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खनालले जानकारी दिनुभयो ।

यसैबीच वीरगन्जबाट प्रहरीले अवैध लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ । दोलखाको झुले गाउँपालिका– २ घर भई चितवनको रत्ननगर नगरपालिका २ टाँडी बस्ने २० वर्षीय सुरज कार्की र मकवानपुरको हटौडा उपमहानगरपालिका–३ बस्ने ३५ वर्षीय विकाश लामालाइ पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकस्थित सडकमा वीरगञ्जबाट पथलैयातर्फ जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा बसमा सवार सुरज कार्की लागु पदार्थ सेवन गरी लठ्ठ परेको अवस्थामा भेर्टिपछि प्रहरीले उनको शरीर खानतलासी गर्दा ज्याकेटको खल्तीबाट नाइट्रोभेट ट्याबलेट ७५ पिस फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज– १६ इनर्वा स्थित शंकराचार्य प्रवेशद्धारमा सशस्त्र प्रहरीले सवारी साधनको नियमित चेकजाँच गर्ने क्रममा रक्सौलबाट वीरगन्ज आइरहेको ना ४४ प २६५७ नंम्बरको स्कुटी खानतलासी गर्दा चालक विकास लामाको साथबाट लागु औषध भेटिएपछि सशस्त्र प्रहरीले लामालाइ पक्राउ गरेको हो ।स्कुटीको अगाडिपट्टी खाली भागमा राखिएको सेतो बोराभित्र तथा बोकेको कमब्याट झोलाबाट विनसिरेक्स १ सय एमएलको २ सय ४५ बोतल र नाइट्रोभेट ट्याबलेट ५ पत्ता अर्थात ७५ पिस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजना विरुद्ध लागुऔषधसम्बन्धी कसुर मुद्दामा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।