माओवादी केन्द्रको बैठक : बादलसहित नेताहरुलाई कारबाही गर्न प्रस्ताव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको नाम फेर्ने एजेण्डा प्रस्तुत गरिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको छलफलका एजेण्डामा पार्टीको नाम फेर्ने प्रस्ताव गरिएको हो ।

यस्तै, बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने प्रस्ताव पेश गरिएको छ ।

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका नेताहरुलाई कारवाही प्रक्रिया अघि बढाएको थियो । सो बैठकले गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणिचन्द्र थापा, सिंचाइ मन्त्री प्रभु साह, श्रम मन्त्री गौरीशंकर चौधरी र खेलकुद मन्त्री दावा लामालाई मन्त्रिपरिषबाट फिर्ता हुन निर्देशन दिँदै लिखित स्पष्टिकरण सोधेको थियो ।