ट्याक्टरबाट खसेर एक पुरुषको मृत्यु

0
Shares

किरन धामी, दार्चुला ।

ट्याक्टरबाट खसेर एक पुरुषको घट्ना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकम गाउँपालिका–६ का अन्दाजी ३० वर्षिय असोक खत्री रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट लकेम गाउँपालिकाको रिठाचौपता तर्फ आउदै गरेको सु.प.प्र.०१००२ त–४८३५ नम्बरको ट्याक्टरबाट गाउँपालिकाको वडा नम्बर ६ गणेत भन्ने स्थानमा ति पुरुष खस्न गई घट्ना स्थलमै मृत्यु भएको उहाले बताउनुभयो ।

ट्याक्टरबाट खसेर पुरुषको मृत्यु भएपछि चालक फरार रहेको प्रहरीले जनाएको छ । घट्नाबारे थप जानकारी लिन ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरिक्षक खगेन्द्र सिंह साउदको कमाण्डमा प्रहरी टोली घट्ना स्थल खटिएको पनि उहाले जानकारी दिनुभयो ।