सल्यानमा दिदीलाई बलात्कार गरेको आरोपमा भाई पक्राउ

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा आफ्नै दिदीलाइ बलात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाइ प्रहरीले पक्राउ गरेको छ । गत साउन महिनामा घरमा दुई दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको बुझिएको छ । घटना बारे कसैलाइ केही जानकारी नदिएकी किशोरीले हाल आएर गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । अहिले उनको ८ महिनाको गर्भ रहेको खुल्न आएको छ ।

घटना बाहिरिएपछि पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । उनीहरूको चार भाइ बहिनी सहित ६ जना रहेको छ । जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयो । अहिले १६ वर्षीया ति किशोरी ८ महिनाको गर्भवती भएको उहाँले बताउनु भयो ।

प्रहरीले बलात्कार आरोपित बालकलाइ फागुनमा २६ गते नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ । हामीले घटना बारे थप अनुसन्धान गरी रहेका र्छौ,जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले भन्नुभयो,अनुसन्धान पुरा भएपछि थप जानकारी दिने छौं ।