काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त बैठक बसेर निष्कर्ष निकाल्ने पेरिसडाँडा बैठकको निर्णय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) पेरिसडाँडामा बसेको बैठक सकिएको छ । बैठकमा काँग्रेस, माओवादी केन्द्र र जसपाबीच संयुक्त बैठक बसेर ठोस निष्कर्ष निकाल्ने समझदारी भएको बताइएको छ ।

त्यस्तै, जसपाले अघि सारेको रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनमा संलग्नमाथि दर्ता भएका मुद्दा फिर्तालगायतका विषयमा पनि आजको बैठक छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । जसपाको मागहरुमा सकारात्मक ढंगले अघि बढेको माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।