नेपाल समूहले बोलायो केन्द्रीय समिति र सांसदहरुको भेला

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ

माधव नेपाल समूहले शनिबार केन्द्रीय समिति र सांसदहरुको भेला बोलाएको छ ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शमा ओलीले एकलौटी ढंगले निर्णय गरेपछि असन्तुष्ट बनेको नेपाल समूहले ओलीले चालेका कदम र अबको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्न आजको भेला राखेको जनाइएको छ ।

शुक्रबार ओलीले आफ्नो समूहको छुट्टै बैठक राखी महासचिवबाहेक सबै पदाधिकारी खारेज खारेज गर्नुका साथै महाधिवेशन गर्ने निर्णय गरेका थिए । ओलीले बैठकमा नेपाल समूहका नेताको जिम्मेवारी खारेज गर्दै माओवादीबाट एमालेमा गएका रामबहादुर थापा , मणि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत नेताहरुलाई केन्द्रीय कमिटीमा ल्याउनुका साथै विभिन्न जिम्मेवारी समेत सुम्पिएका थिए ।

ओलीको यस्तो निर्णयपछि आक्रोशित बनेको नेपाल समूहले शुक्रबार राति आकस्मिक स्थायी कमिटिको बैठक बोलाएको थियो । उक्त बैठकमा नेपाल समूहले एमालेभित्रै रहेर समानान्तर कमिटि बनाउने घोषणा गरेको थियो ।