कम्युनिस्टसँग मिलेर सरकार बनाउन अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छ : थापा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कांग्रेसलाई कम्युनिष्टसँग मिलेर सरकार बनाउन अस्विकार गरी नयाँ चुनावमा जान सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै थापाले गत चुनावमा जनताले स्थायित्व र समृद्धिको लागि कम्युनिष्टलाई मत दिएको भएपनि नेकपा भने कुर्सी र पैसाको झगडाले अलग भएको जनाउँदै जनतालाई धोका दिने कम्युनिस्टसँग मिलेर सरकार नबनाउन कांग्रेसलाई सुझाव दिएका छन् ।

‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिकोलागि कम्युनिष्टलाई मत दिएका हुन्।नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो,जनतालाई धोका दियो।त्यही असफल/भ्रष्ट कम्युनिष्टसॅग मिलेर सरकार बनाउने कंग्रेसको चाहना उदेकलाग्दो छ।कम्युनिष्टसॅग मिलेर सरकार बनाउॅन अस्विकार गरी कंग्रेस नयॅा चुनावमा जानुपर्छ,’ थापाले लेखेका छन् ।