अध्यक्षले विधान मिच्नुभयो, एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन : रावल

0
Shares

काठमाडौँ ।

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै गुनासो गरेको छ ।

एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको आज साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता भीमबहादुर रावलले जानकारी दिनुभयो । उहाँले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गर्नुभएको भन्दै आपत्ति जनाउनुभयो ।

सो समूहको बैठकपछि नेता रावलले भन्नुभयो, “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।