करदाता सेवा कार्यालयमा सिभिल बैंकको काउन्टर


काठमाडौं, (नेस) ।

सिभिल बैंकले मोरङको सुन्दरहरैचा नगरपालिका– ९, करदाता सेवा कार्यालय, विराटचोकमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजस्व कार्यालय बिराटनगरका प्रमुख बिमल सापकोटाले गर्नुभयो ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ विराटचोकका अध्यक्ष कृष्ण रिजाल, करदाता सेवा कार्यालय विराटचोकका प्रमुख नेत्र घिमिरे, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर विष्ट, सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाललगायतको उपस्थिति थियो ।

अब त्यस क्षेत्रका सेवाग्राहीले आन्तरिक राजस्व विभागसँग सम्बन्धित भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत गर्न सक्नेछन् । बैंकको ११४ शाखा ८९ एटीएम रहेका छन् । बैंकले हालसम्म ८१ अर्बभन्दा बढी निक्षेप परिचालन गरी ७४ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।