निभियाले फूडमान्डु र दराज नेपालसँग सहकार्य गर्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नारी दिवसको अवसर पारेर निभियाले अनलाइन सपिङ स्टोर दराज र अनलाइन् फूड डेलिभरी सर्भिस फूडमान्डुसँग सहकार्य गरेको छ ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर देशभरका नारीहरुलाई उनीहरुमा रहेको उद्यमशीलताको सम्भावना प्राप्तीका लागि सशक्तिकरण गर्ने उद्देश्यका साथ यो सहकार्यको घोषणा गरिएको निभियाले जनाएको छ । सहकार्यपछि यी तीन कम्पनीले ‘चुज टु च्यालेन्ज अभियान’ समेत थालेका छन् ।

यो अभियान नेपालमा रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका महिला उद्यमीहरुको उपलब्धिमा साथ दिने र पहिचान दिलाउने लक्ष्यमा केन्द्रित हुनेछ।

धेरै महिलाहरुमध्ये ४ जना महिला उद्यमीहरुको कथा र अनुभवलाई एक रुचीकर भिडियो मार्फत् प्रस्तुत गरिएको छ । भिडियोको उद्देश्य महिलाहरुद्वारा संचालित रेष्टुरेन्टहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्दै अन्य महिलाहरुलाई उनीहरु आफ्नो जीवनमा के गर्न चाहन्छन् त्यसलाई प्रेरित गर्नु र नारी एवं पुरुष दुवै समान रुपमा क्षमतावान् र सक्षम छन् भन्ने सन्देश प्रवाह गर्नु रहेको बताइएको छ।