प्रचण्ड-नेपाल समूहको संसदीय दलको अध्यक्षमा प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

झलनाथ खनालको अध्यक्षतामा हाज बसेको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको हो । बैठक अघि प्रचण्ड–नेपाल समूहले आफू पक्षीय सांसदहरुको हस्ताक्षर संकलन गरेको थियो । नेकपाको संसदीय दलका बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आज ११४ जना सांसदहरुको हस्ताक्षर संकलन भएको प्रचण्ड–नेपाल समूहले जनाएको छ ।