कानुनी व्यवस्थाबारे जानकारी दिने ‘समुदायमा सरकारी वकिल’ कार्यक्रम सम्पन्न

0
Shares

बासुदेव शर्मा, जाजरकोट । 

जाजरकोट कानुनी ब्यवस्थाका बारेमा जानकारी दिन समुदायमा सरकारी वकिल कार्यक्रम सम्पन्न भएको छ । भेरी नगरपालिका ११ जगतिपुरमा जिल्ला सरकारी वकिल कार्यालय जाजरकोटको आयोजनामा बिहिवार शिव शंकर माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

कानुनी पक्षका विषयमा सक्षम र सवल नागरिक निर्माण गर्न जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला प्रहरी कार्यालय, मालिका सामुदायिक सेवा केन्द्र जाजरकोटको संयुक्त आयोजनामा कार्यक्रमको संचालन गरेको जिल्ला सरकारी वकिलको कार्यालय जाजरकोटले जनाएको छ ।

सरकारी वकिलको कार्यालयका न्यायधिवक्त रुकमेडा पोख्रेलले कानुनमा भएका बिषयहरु कार्यक्रममा सहभागी नागरिकहरुलाई जानकारी गराउनु भएको थियो । घरेलु हिसा, बालबिवाह, बहुविवाह, समाजमा घट्ने घटनाहरुको नागरिकले तत्काल तलमाथी नगरी जस्ताको त्यस्तै समावेश गरी न्यायलयमा लिनु पर्ने वताउनु भयो ।

प्रहरीलाई जानकारी नगरी सिधै न्यायमा पिडित पक्षले सत्य तथ्य सुचना दिए पिडकलाई कानुनी कारवाहि हुने वताउनु भयो । जवरजस्ती करणीका मुद्धा दर्ता गरि एक छाक भात र पैसामा मिलापत्र गरि दुवै पक्षले होईन छैन भनी कानुनी ढोकाम उपस्थित भए त्यस्तो अवस्थामा कानुनले केहि गर्न नसक्ने न्यायधिबक्ता पोख्रेलको भनाई छ ।

जवरजस्ती करणी गरेको सत्य तथ्य प्रमाण पिडितले पेश गरे पिडकलाई कडा सजाय हुने व्यवस्था कानुनमा छ । पिडितले छिटो छरितो मुद्धा दर्ता गरे न्यायलयबाट नागरिकले निश्पक्ष न्याय पाउने बताउनु भयो । नागरिकको शंकास्पद मृत्यु भएमा, आत्महत्या गरेमा पोष्टमार्टम अनिवार्य गर्दा पोष्टमार्टमको रिपोर्टले घटनाको छानविन गर्न सहज हुने जिल्ला न्यायधिबक्ता पोख्रेलको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव निरिक्षक यम बहादुर मल्लले प्रहरीले गर्ने अनुसन्धानका विषयमा जानकारी गराउनु भएको थियो । नेपाल प्रहरी नागरिकको पक्षमा रहेकोले अपराधिक गतिविधिमा संम्लग्नलाई नागरिकलाई प्रहरी समक्ष पुरयाउन निमित्त प्रहरी प्रमुख मल्लले सहभागीहरुलाई आग्रह गर्नु भयो ।

गाउँमा रहेको प्रहरीले गल्ती कमजोरी गरि नागरिकलाई र्दुव्यवाहार अमानविय कार्य गरे जिल्ला प्रहरी कार्यालयमा जानकारी दिनु होस हामी कारवाहि गर्छौ प्रहरी नायव निरिक्षक मल्लले भन्नु भयो ।

मालिका सामुदायिक सेवा केन्द्र जाजरकोटका सचिव बासुदेव शर्माले आफनो घर, समुदाय, छरछिमेकले सरसफाई, घरेलु हिसा, मदिरा उत्पादन सेवन विभिन्न प्रकृतिका घटना समुदाय स्तरबाट न्युनिकरणका लागी अभियान संचालन गरे सभ्य र सक्षम नागरिक उत्पादनमा सहयोग पुग्ने गाउँ वस्ती नै नमुना बन्ने बताउनु भयो ।