मिडिया नेपालको प्रथम राष्ट्रिय भेलाको तयारी पूरा

0
Shares

यमलाल भुसाल, बुटवल ।

राप्रपा निकट मिडिया नेपालको प्रथम राष्ट्रिय भेला शुक्रबार बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको तयारी पूरा भएको आयोजकले जनाएका छन । विहिबार पत्रकार सम्मेलन गरि आयोजकले जनाएका छन् । राप्रपाका अध्यक्ष कमल थापाले उद्घघाटन गर्ने कार्यक्रम रहेको केन्द्रीय अध्यक्ष गोपाल पौडेलले बताउनु भयो ।

आगामी चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने पौडेलले बताउनु भयो । विस २०७२ मा स्थापना भएको संस्थाको नेपालको ४५ वटा जिल्लामा शाखा छ । देशभरबाट २ सय ५० जना पत्रकार कार्यक्रमा सहभागिता रहने आयोजकले जनाएका छन् ।