विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको निर्णय



काठमाडौ । सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले विगत दुई बर्षदेखिको नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

आज बिहान सरकार र विप्लव समूहबीचको वार्तापछि ३ बुँदे सहमति पनि भएको छ । उक्त सहमति अनुसार अब उक्त समूहले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिक क्रियाकलाप गर्न सहमत भएको छ । भने सरकारका तर्फबाट प्रतिबन्ध फुकुवा तथा जेलमा रहेका नेता कार्यकर्ता बिना सर्त रिहा गर्ने लगायतका समझदारी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्