भाइ भेट्न कारगार पुगेका दाइ पनि खोरमा



वीरगन्ज, (नेस)  ।

वीरगन्ज कारगारभित्र नै लागूऔषध मुद्दामा जेल जीवन बिताइरहेका एक व्यक्तिलाई लागूऔषध चरेस पु¥याउन गएको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान कारगारमा आफ्ना भाइ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का २० वर्षीय लाक्पा शेर्पालाई लुकाई–छिपाई चरेसको धूलो लिएर गएको अवस्थामा कारगारमा सुरक्षार्थ खटिएको प्रहरीको टोलीले ११ ग्राम चरेसको धूलोसहित लाक्पाका दाइ २२ वर्षीय मिङ्मा शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।

जुत्ताको तलुवामुनि लुकाइराखेको अवस्थामा चेकजाँच गर्दा सो परिमाणको चरेस बरामद भएको कुँवरले जानकारी दिनुभयो । लाक्पा लागूऔषध मुद्दामा नै पुर्पक्षका लागि वीरगन्ज कारगारमा छन् ।

प्रतिक्रिया दिनुहोस्