विप्लवसँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा समिति गठन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । वार्ता टोलीको सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहेका छन् ।

केही समय अघि विप्लव समूहले वार्ताका लागि तयार रहेको जनाउँदै विज्ञप्ति जारी गरेकोे थियो भने प्रधानमन्त्री ओलीले पनि सोमबार पोखराबाट विप्लवलाई वार्तामा आउन आह्वान गरेका थिए ।