पेट्रोलियम पदार्थको मूल्य बढ्यो

0
Shares

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको छ। मूल्य बृद्धि पछि डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य ९९ रुपैयाँ कायम भएको छ। त्यस्तै पेट्रोलको भाउ ९९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धन आन्तरिक उडान तर्फको साविकको प्रतिलिटर बिक्री मूल्यमा ५ रुपैयाँले बृद्धि गरि ७२ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडान तर्फ भने साविकको प्रतिलिटर बिक्री मूल्यमा अमेरिकी डलर २५ बृद्धि गरि अमेरिकी डलर ८९३ प्रति किलि कायम गरिएको छ।

एलपि ग्याँसको खुद्रा बिक्री मूल्यलाई भने यथावत नै कायम राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुँदै गएकाले नेपालमा पनि बढाइएको निगमले जनाएको छ।