राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते ४ बजेका लागि बैठक आह्वान गरेकी छिन् ।

सर्वोच्च अदालतको आदेशअनुसार मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते संसद बैठक आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सर्वोच्च्ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज गरेसँगै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।