न्युज अफ नेपाल, काठमाडौं ।
अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगेको नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवेदको दाबी झुटो भएको बताएका छन् ।
हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव रहेको बताउँदै उनले फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा आफू र आफ्नो दलबाट नभएको बताएका छन् ।
“निवेदकको बुँदा नम्बर ३–४ मा उल्लेख संवैधानिक व्यवस्था स्वीकार गरेर नै संवैधानिक अदालतमा हाम्रो पार्टीका सांसदले रिट निवेदन लिएर आएको तथ्य स्पष्ट नै छ । हरेक नागरिकले आफ्नो मुद्दामा जितको आश गर्नु सामान्य मानवीय स्वभाव हो । यस्तो कुरा स्मरण गर्नु, व्यक्त गर्नु मुद्दाको पक्षको अधिकार नै हो । तर, सो कुरा व्यक्त गर्न नै नपाउने, आशा, भरोसा गर्न नपाउने विधिशास्त्रीय कुराभित्र पर्दैन । फैसला अवज्ञा गर्ने वा फैसला उल्लंघन गर्ने भन्ने कुरा म र मेरो दलबाट हुनु हुँदैन । फैसलामा मुद्दाका पक्षले सन्तोष, असन्तोष व्यक्त गर्नु पनि स्वाभाविक हो ” उनले लिखित जवाफमा भनेका छन् ।
प्रचण्डमाथि अधिवक्ता समिर हायुले अदालतको अवहेलनामा कारबाहीको माग गर्दै मुद्दा दायर गरेका थिए । सोही मुद्दामा सुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।
पूर्णपाठ
prachanda
प्रतिक्रिया