३५ वर्षीया युवक मृत फेला

0
Shares

कैलाली ।

गेटा आँखा अस्पताल नजिकै आज बिहान एक युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ गेटा आँखा अस्पताल नजिकै सोही ठाउँका ३५ वर्षीया शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो ।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको बताइएको छ । मृत फेला परेका रानाको हत्या भएको हुनसक्ने सोही ठाउँका स्थानीयले आशङ्का गरेका छन् ।