आज देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

 काठमाडौं ।

आज देशभर थप ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ३४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२१ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या २ लाख ६९ हजार ८७६ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ हजार ४९४ रहेको मन्त्रालयले जनाएको छ । यस्तै, ६८ जना क्वारेन्टीनमा रहेका छन् ।