मुख्यमन्त्री राईविरूद्ध प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध प्रदेश सभा बैठकमा अविश्वासको प्रस्ताव पेश भएको छ । आइतबार बसेको बैठकमा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङ्बोले राईविरूद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् ।

गत पुस १२ गते प्रदेशसभाका ३७ सदस्यले राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । माघ २४ गतेको बैठकमा सो प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेपनि नेकपा ओली समूहले अवरुद्ध गरेपछि दुई साताका लागि बैठक स्थगित भएको थियो ।

राईविरुद्ध संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को (२) (१) बमोजिम अविश्वासको प्रस्ताव पेश भएको हो ।