डा. भट्टराईलाई ट्युमर भएको हुनसक्ने आशंका

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई ट्युमर भएको हुनसक्ने आशंका गरिएको छ । चिकित्सकहरूको सल्लाहबमोजिम डा। भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाने भएका हुन्।

लामो समयदेखि पेटको समस्याबाट पीडित उनी काठमाडौँको निदान अस्पतालमा परीक्षण एवं उपचार गराउँदै आएका थिए। नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन्। डा। भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलका अनुसार हालै चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिस गरेपछि उनी उपचारका लागि दिल्ली जान लागेका हुन्। दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उनको उपचार हुनेछ।

सचिव पोखरेलका अनुसार भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डे र भट्टराई पत्नी एवं नेत्री हिसिला यमी भट्टराईसँगै नयाँदिल्ली जानेछन् ।