कोरोनाविरुद्धको थप १० लाख डोज खोप काठमाडौँ आइपुग्यो (फोटोफिचर)

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

सरकारले भारतीय खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग खरिद गरेको २० लाख डोज खोप मध्ये १० लाख डोज खोप एयर इन्डियाको विमानमार्फत् काठमाडौँ आइपुगेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार सो खोप त्रिभुवन विमानस्थलबाट टेकुस्थित कोल्डरुममा भण्डार गरी यही फागुन २३ गतेदेखि देशभरका खोप केन्द्रहरुमा वितरण गरिने छ ।

तस्वीर: अनिल आङदेम्बे