‘देउवाको साथ र समर्थनका कारण ओलीले संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा पारे’

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको साथ र समर्थनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, लोकतन्त्र र गणतन्त्र धरापमा पारेको बताएका छन् ।

आइतबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाटका क्रममा पौडेलले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई देउवाले साथ दिएको बताएका छन् ।

देउवाको साथ र समर्थनका कारण ओली थप अधिनायकवादतर्फ उन्मुख भएको बताउँदै पौडेलले भने ‘देउवाको साथ र समर्थन पाएपछि ओली झन् अधिनायकवादी बन्न थाले, संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयता धरापमा पर्ने खतरा बढ्यो।’

यस्तै, पौडेलले ओलीको कदम असंवैधानिक भएको बताउँदै आफ्ना कार्यकर्तालाई आन्दोलनमा सक्रिय हुन आग्रह गरे ।