चुनावी सरकारले ठूला योजनाको ठेक्का टुङ्गो लगाउन मिल्दैन : डा. भट्टराई

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेको चुनावी सरकारले ठूला योजनाको ठेक्का टुङ्गो लगाउन नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालमा ट्वीट गर्दै भट्टराईले आफू ठूला पूर्वाधार योजना र विदेशी लगानीको विरोधी नभएको बताउँदै आफैले घोषणा गरेको ‘चुनावी सरकार’ले भने ठूला योजनाको टुंगो र ठेक्का गर्न नमिल्ने बताएका छन् ।